• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पूर्व माओवादी नेता बादल बने एमालेको चुनावी कमाण्डर

    1K
    SHARES



    काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमाण्डर तोकेको छ।

    मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई समग्र निर्वाचन परिचालनको जिम्मेवारी दिने गरी निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो।

    उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार उक्त निर्वाचन परिचालन कमिटीको सचिल विष्णुप्रसाद रिमाल सचिव रहेका छन्।

    छविलाल विश्वकर्मा, राजन भट्टराई, हिम्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी निर्वाचन परिचालन कमिटीको सदस्य रहेका छन्।

    निर्वाचन परिचालन कमिटीमा प्रत्यक्षतर्फ चुनाव नलड्नेहरूलाई राख्ने सैद्धान्तिक छलफल भएको एक नेताले जानकारी दिए। बादल पूर्व माओवादी नेता हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ