• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो

    457
    SHARES



    काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए ।

    काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो ।

    अहिले यात्रु ओराल्ने प्रक्रिया जारी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ । थप विवरण आउन बाँकी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ