• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कुलमान घिसिङ रास्वपा प्रवेश गरेको विषय जानकारीमा आएको छैन : सरकारका प्रवक्ता

    387
    SHARES



    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् ।

    शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको बिषय औपचारिक रुपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने समेत बताए ।

    ‘कुलमान घिसिङ मन्त्रीज्यू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो भनेर तपाईंहरूले मलाई सुनाइराख्नुभएको छ, सरकारमा औपचारिक रुपमा त्यसको जानकारी आएको छैन ,’ उनले भने, ‘औपचारिक रुपमा त्यो जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र उहाँको तर्फबाट लिनुपर्ने निर्णय हुन्छ ।’

    सरकारको मन्त्रीमात्रै नभइ जोकोही योग्य नागरिक चूनावमा उठ्न पाउने भन्दै उहाले पद र शक्तिको दुरुपयोग भने गर्न नमिल्ने उल्लेख उनले गरे ।

    खरेलले आफू नागरिक सरकारको प्रवक्ताका साथै सञ्चारमन्त्री पदमा रहेकाले अहिलेसम्म कुनै पार्टीमा आवद्ध नरहेको र चूनाव लड्ने वा नलड्ने भन्ने बिषयमा कुनै निर्णय नगरेको पनि बताए ।

    आसन्न प्रतिनिधिसभाको निर्वाचनको सवै तयारी भइसकेकाले तोकिएको समयमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह समेत उनले गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ