• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आईजीपी कार्कीको दावी : जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके

    607
    SHARES



    काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण जेन-जी आन्दोलनका क्रममा लुटिएका धेरै हतियार फिर्ता आइसकेको बताएका छन् ।

    मंगलबार काेटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक प्रहरी प्रभागको पुनः निर्मित भवन हस्तान्तरण कार्यक्रममा कार्कीले जेन-जी आन्दोलनका क्रममा लुटिएका थोरै हतियार मात्रै फिर्ता आउन बाँकी रहेको र धेरै हतियार फिर्ता भइसकेको बताएका हुन् ।

    उनले विभिन्न अवस्थामा आफ्ना असन्तुष्टिहरूलाई ढुङ्गामुढा गरेर प्रस्तुत गर्ने अभ्यासलाई सुधार गर्न जरुरी रहेको बताए ।

    कार्कीले नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले नै मुलुकभरमा शान्ति सुरक्षा कायम हुने भएकाले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिए । सभ्य समाज निर्माण गर्न नागरिक, प्रहरी लगायत सबैबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ छ ।

    जने-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको काटेश्वर प्रहरी प्रभाग तथा ट्राफिक भवन पुनः निर्माण गरी हस्तान्तरण गरिएको हो । स्थानीय लगायत सरोकारवालाले समिति बनाएर भवन पुनः निर्माण गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ