काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको अविलम्ब छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई अप्ठ्यारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने बताएका हुन् ।
ओलीले समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गरे ।
उनले अदालतले संसद् पुनर्स्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्याए । अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राखे ।
प्रतिक्रिया