कञ्चनपुर उद्योग वाणिज्य संघको सदस्यमा दिनेश मल्ल निर्बिरोध निर्वाचित भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष समेत रहेका मल्ल अध्यक्षमा निर्विराेध निर्वाचित भएका हुन् ।
संघको १८औँ कार्यकारीणी समिति चयनका लागि आउँदो शनिबार १९ पुसमा निर्वाचनको मिति तय भएको थियो । शनिबार मनोनयन दर्ता अन्तर्गत अध्यक्षमा मल्लको मात्रै उम्मेदवारी दर्ता भएसँगै अध्यक्षमा निर्विराेध निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत पूर्णबहादुर चन्दले अध्यक्षमा मल्ल निर्विरोध भएसँगै अन्य पदाधिकारीसमेत निर्विरोध भएको बताए । मुख्य निर्वाचन अधिकृत चन्दका अनुसार वरिष्ठ उपाध्यक्ष दिपेन्द्रप्रकाश साउद, उद्योग उपाध्यक्ष तेजबहादुर चन्द, वाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहुल भट्ट, सचिव नरेन्द्रप्रसाद जोशी(एनपी) निर्विरोध निर्वाचित भएका छन् ।
संस्थागत सदस्य तर्फ गजेन्द्र विक्रम थापा(निर्विरोध) निर्वाचित भएका हुन । कोषाध्यक्ष सिद्धराज भट्ट, प्रदिप पाल र मनोज भट्ट(मिन)ले उम्मेदवारी दर्ता गराएका छन । यस्तै ७ सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
सदस्यतर्फ लोकराज भट्ट, गोविन्द भट्ट, सरिता भण्डारी, पार्वतीकुमारी विष्ट(खडका), जगदिशचन्द्र भट्ट, हेमराज भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय, देवदत्त जोशी, भोजराज अवस्थी, गंगासिंह धामी, कृष्ण राना, हेमराज भट्ट, सञ्जय कुमार भट्ट रहेका छन ।
प्रतिक्रिया