• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    युक्रेन पुनर्निर्माणमा रुसले सहयोग गर्ने ट्रम्पको दाबी

    150
    SHARES



    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको पुनर्निर्माणमा रुसले सहयोग गर्ने बताएका छन् । आइतबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फ्लोरिडामा भेटवार्तापछि पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले ‘रुसले युक्रेनलाई सफल भएको देख्न चाहन्छ’ बताए ।

    उनका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई ऊर्जा, बिजुली तथा अन्य सामग्रीहरू सस्तो मूल्यमा उपलब्ध गराउने इच्छा व्यक्त गरेका छन् । ट्रम्पले पुटिनलाई युक्रेनको सफलताप्रति ‘उदार’ रहेको बताए ।

    तर ट्रम्पका अनुसार पुटिनले अहिलेसम्म युद्ध विराममा सहमति भने जनाएका छैनन् । उनले पुटिन लडाइँ रोकेर फेरि सुरु गर्न नपरोस् भन्ने सोचमा रहेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ