• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रसुवागढीमा नेपाल-चीन जोड्ने बेलिब्रिज तयार, नाका १७ पुसदेखि खुल्ने

    143
    SHARES



    काठमाडौं । रसुवागढी नाका १ जनवरी २०२६ (१७ पुस) देखि सञ्चालनमा आउने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय रसुवाले यसको पुष्टि गरेको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीमा बेलिब्रिज तयार भएको छ ।

    २४ असारमा भोटेकोशी नदीमा आएको बाढीले चीन-नेपाल जोड्ने मितेरी पुल बगाएको थियो । त्यसपछि दुई देशीय नाका पूर्णरूपमा अवरुद्ध भएको थियो । साथै, सडक सम्पर्क समेत विच्छेद भएको थियो ।

    अधिकारीका अनसार नेपाल सरकार र चिनियाँ सरकारको द्विपक्षीय पहल, समन्वय र सहजीकरणमा उक्त स्थानमा बेलिब्रिज निर्माण सम्पन्न भई भार बहन क्षमता लगायत प्राविधिक पक्षसमेत परीक्षण भइरहेको छ ।

    चिनियाँ समकक्षी पक्षले रसुवास्थित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए अनुसार १ जनवरीदेखि नाका सूचारु हुने निश्चित भएको हो ।

    नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नाका खुल्ने निश्चित भएसँगै ड्राइपोर्टमा गाडी पार्किङ र सामान राख्ने गरी स्थान व्यवस्थापन गरिएको छ ।

    चीन र नेपाल जोड्ने मुख्य नाका रसुवागढी बन्द भएपछि अहिले चीनसँगको व्यापार मुस्ताङको कोरला र सिन्धुपाल्चोकको तातोपानी सरेको छ ।

    तातोपानी नाकासमेत लामो समय बाढी र पहिरोका कारण बन्द भएका कारण व्यापार अवरुद्ध भएको थियो । जसले गर्दा चाडबाडको समयमै चीनबाट नेपाल आउने सामान रोकिएका थिए । जसका कारण व्यापारीले ठूलो नोक्सानी बेहोर्नुपरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ