• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आजदेखि दुई दिनभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने

    1K
    SHARES



    काठमाडौँ । आगामी फागुन २१ को आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय आइतबारदेखि सुरू भएको छ।

    दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्द सूची पेस निर्वाचन आयोगमा पेस गरिसक्नुपर्नेछ।उम्मेदवारको बन्द सूची पेस गर्दा ऐनले तोकेबमोजिम विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गर्न आयोगले दलहरूलाई भनिसकेको छ।

    आयोगले दुई दिन अपराह्न ४ बजेसम्म कार्यालय समयमा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्ने गरी समय तोकिएको जनाएको छ।

    आयोगले साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीको लागि सार्वजनिक गर्न सक्ने जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ