• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अन्तरिम सरकार पाँचौँ पटक विस्तार, परराष्ट्रमन्त्री शर्माले लिए शपथ

    1.1K
    SHARES



    काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पाँचौँ पटक विस्तार भएको छ ।

    नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् ।

    शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद्‌ १५ सदस्यीय भएको छ ।  शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ