• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज ‘क्रिसमस डे’ मनाइँदै, देशभर सार्वजनिक बिदा

    365
    SHARES



    काठमाडौँ । क्रिश्चियन धर्मावलम्बीहरूले आज येशु ख्रीष्टको जन्मको स्मरणमा क्रिसमस डे विविध कार्यक्रमका साथ मनाइरहेका छन्। प्रेम, शान्ति र मुक्ति प्रदान गर्न पृथ्वीमा अवतरण भएको विश्वास गरिने येशु ख्रीष्टको जन्म आजकै दिन करिब दुई हजार २५ वर्षअघि इजरायलको वेथलेहेममा भएको मानिन्छ।

    नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानवजातिलाई तीन महत्वपूर्ण उपहार—प्रेम, शान्ति र मुक्ति—दिएको विश्वासका आधारमा क्रिसमसलाई तीनवटै दिवसको रूपमा मनाउने परम्परा रहेको छ। मानिसलाई प्रेम गर्न सिकाएकाले यसलाई प्रेम दिवस, समाजमा शान्ति स्थापनाका लागि शान्ति दिवस र आत्मिक उद्धारका लागि मुक्ति दिवसका रूपमा मनाइन्छ।

    नेपालमा संगठित रूपमा क्रिसमस महोत्सव विसं २०६३ सालपछि सुरु भएको हो। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो ‘क्रिसमस महोत्सव २०८२’ आयोजना गरिएको छ, जसमा सरकारका प्रतिनिधि, विभिन्न निकायका अधिकारी, मानव अधिकारकर्मी तथा धर्मावलम्बीहरूको सहभागिता रहने जनाइएको छ।

    क्रिसमसका अवसरमा नेपाल सरकारले विभिन्न समयमा फरक–फरक व्यवस्था गर्दै आएको छ। विसं २०६३ देखि २०७४ सम्म सबैलाई सार्वजनिक बिदा दिइएको थियो भने २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइयो। विसं २०७८ यता पुनः देशभर  सार्वजनिक बिदा दिइँदै आएको छ।

    पछिल्ला वर्षहरूमा काठमाडौँसहित प्रमुख सहरका चोक र सडक क्रिसमस ‘ट्री’ र बत्तीहरूले सजाइने गरिएको छ। विशेषगरी ठमेल, बौद्ध, पोखरा र सौराहाजस्ता पर्यटकीय क्षेत्रहरूमा क्रिसमसको रौनक बढी देखिन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ