• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तराईमा अत्यधिक चिसो बढ्यो, गौरका विद्यालय ४ दिन बन्द

    298
    SHARES



    रौतहट । शीतलहर र बढ्दो चिसोका कारण गौर नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

    गौर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आजदेखि ११ गतेसम्म पठनपाठन बन्द रहने गरी सूचना जारी गरेको हो। उक्त बिदा विद्यालयको वार्षिक बिदाबाट कट्टा हुने नगरपालिकाले जनाएको छ।

    चिसोका कारण विद्यार्थीहरूको उपस्थिति न्यून भएको र पठनपाठनमा समस्या देखिएपछि सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको गौर नगरपालिकाका नगरप्रमुख शम्भू साहले जानकारी दिए। अत्यधिक चिसोले विशेषगरी शिशु कक्षा र प्राथमिक तहका विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यो निर्णय लिइएको उनको भनाइ छ।

    नगरपालिकाको सूचनापछि गौर नगर प्याब्सनले पनि सबै निजी विद्यालयहरू चार दिनसम्म बन्द रहने जनाएको छ। रौतहटमा बिहान बाक्लो हुस्सु र शीतसँगै दिनभर कुहिरो लाग्न थालेपछि चिसो बढेको छ। कुहिरोसँगै चल्ने चिसो हावाले जनजीवन प्रभावित भएको छ।

    बजार तथा कार्यालयहरूमा सर्वसाधारणको उपस्थिति दिउँसोतिर मात्र देखिन थालेको छ। सामान्यतया भिडभाड हुने सरकारी कार्यालयहरूमा पनि चिसोका कारण सेवाग्राहीको संख्या घटेको छ।

    त्यसैगरी, बिहानै खुल्ने व्यापारिक पसल तथा बजारहरू ढिलो गरी खुलिरहेका छन् भने साँझपख चिसो बढ्ने भएकाले बजारहरू छिट्टै सुनसान हुन थालेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ