• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    देउवालाई भेट्न महाराजगञ्ज पुगे ओली र पोखरेल

    1.5K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन्।

    एमालेको ११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष चुनिएपछि ओली पहिलो पटक सभापति देउवालाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका हुन्।

    अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल पनि देउवालाई भेट्न पुगेका छन्। अहिले अध्यक्ष ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको नेकपा एमालेका एक जना केन्द्रीय सदस्यले जानकारी दिए।

    यसअघि मंसिर १९ गते पनि सभापति देउवा र ओलीबीच भेटवार्ता भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ