काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई आइतबार दिउँसो ३ बजे कार्यालयमा स्वागत गर्ने भएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार रिहा भएका थिए ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् ।
लामिछानेलाई पार्टीले दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखेको छ । त्यस्तै केन्द्रीय समिति बैठक बोलाउने वा नबोलाउने भन्ने सम्बन्धमा पनि रास्वपा आन्तरिक छलफलमा जुटेको छ ।
प्रतिक्रिया