• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

    1.3K
    SHARES



    काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने बताएका छन्।

    देशभरका विद्यालयमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीति हटाउन अभिभावक एकजुट भएर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ।

    शिक्षा मन्त्रालयले काठमाडौंबाट निर्देशन दिएर मात्र नपुग्ने भन्दै उनले अभिभावकले आन्दोलन गरेर कडा चेतावनी नदिएसम्म विद्यालय सुधार नहुने बताएका हुन्।

    शिक्षामन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो। लौ त स्थानीय अभिभावकहरु, आफ्नो छोराछोरीको भविष्यका लागि जाग्नुहोस्।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ