• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसे इन्टर्न डाक्टर, उपचारको क्रममा मृत्यु

    852
    SHARES



    विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ ।

    प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

    सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

    उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । यादव सोही मेडिकल कलेजको एमबीबीएस इन्टर्न डाक्टर हुन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ