• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    1K
    SHARES



    काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई भूभागका धेरै स्थानमा हुस्सु लागेको अवस्था छ।

    आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। राति पनि मौसममा खासै परिवर्तन नआउने र देशभर आंशिक बदली नै रहने महाशाखाले जनाएको छ।

    यसैबीच, तराई भूभागमा न्यूनतम तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेको छ। हुस्सुका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले सचेत गराएको छ।

    मौसमको अवस्थालाई मध्यनजर गर्दै यात्रामा निस्कँदा तथा विशेष गरी बिहानको समयमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ