• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मोनेटाइजेसनको दौडमा नेपाली फेसबुक प्रयोगकर्ता, सहकार्य ग्रुपको प्रभाव बढ्दो

    220
    SHARES



    काठमाडौँ । नेपालमा मेटा कम्पनीले फेसबुक कन्टेन्ट मोनेटाइजेसनको औपचारिक सुरुआत गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको सोच र अभ्यास दुवैमा उल्लेख्य परिवर्तन देखिन थालेको छ ।

    अब फेसबुक केवल विचार व्यक्त गर्ने माध्यम मात्र नभई आम्दानीको सम्भावित स्रोतका रूपमा स्थापित हुँदै गएको छ । यही परिवेशमा मोनेटाइजेसनका मापदण्ड पूरा गर्न आपसी सहकार्यमा आधारित डिजिटल समुदायहरू तीव्र रूपमा फैलिँदै गएका छन् ।

    यस्ता डिजिटल समुदायमध्ये ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप हाल नेपाली प्रयोगकर्तामाझ निकै प्रभावशाली र सक्रिय मञ्चका रूपमा उदाएको छ । समाचार तयार पार्दासम्म उक्त ग्रुपमा एक लाख १२ हजारभन्दा बढी सदस्य आबद्ध भइसकेका छन्, जसले यसलाई नेपाली फेसबुक प्रयोगकर्ताको ठूलो डिजिटल सञ्जालमध्ये एक बनाएको छ ।

    सहकार्यको अवधारणाबाट ग्रुपको जन्म

    फेसबुकमा आवश्यक फलोअर्स, रिच, वाच टाइम तथा इन्गेजमेन्ट पूरा नगरी मोनेटाइजेसन सम्भव नहुने भएपछि धेरै सिर्जनशील प्रयोगकर्ता अवसर हुँदाहुँदै पनि पछाडि परिरहेका थिए । यही समस्यालाई समाधान गर्ने उद्देश्यसहित दामोदर न्यौपानेको परिकल्पनामा ‘Facebook Monetize सहकार्य’ ग्रुपको स्थापना गरिएको हो ।

    ग्रुपको मूल अवधारणा प्रतिस्पर्धाभन्दा सहकार्य हो । सदस्यहरूले एक–अर्काको कन्टेन्टमा प्रतिक्रिया दिने, फलो गर्ने, लाइभ तथा भिडियोको पहुँच बढाउनेजस्ता गतिविधिमार्फत मोनेटाइजेसनका न्यूनतम मापदण्ड पूरा गर्न सहयोग गर्दै आएका छन् ।

    सक्रिय एडमिन टोली, व्यवस्थित सञ्चालन

    ग्रुपको व्यवस्थापन र अनुगमन एडमिन टोलीमार्फत गरिँदै आएको छ । हाल ग्रुपका प्रमुख एडमिन प्रदीप गौतम रहेका छन् । उनीसँगै तेज पौडेल, विष्णु पौडेल, निर्मला खत्री, सुजाता क्षेत्री, अंशुल लोहनी, सागर खड्का क्षेत्री, गौतम थापा, ज्याक खड्का, दिपेश न्यौपाने, सञ्जीव मल्ल ठकुरी, प्रोनिता श्रेष्ठ र ज्यामन दोर्जे तामाङ एडमिन प्यानलमा सक्रिय छन् ।

    एडमिन टोलीले ग्रुपलाई अनुशासित, उद्देश्यकेन्द्रित र दुरुपयोगरहित बनाइराख्न निरन्तर निगरानी गरिरहेको बताइएको छ । मोनेटाइजेसनसम्बन्धी जानकारी, अनुभव साटासाट र समस्या समाधानमा पनि ग्रुप प्रभावकारी बन्दै गएको उनीहरूको भनाइ छ ।

    तीव्र सदस्य वृद्धि र लोकप्रियता

    केही समयअघि करिब ७० हजार सदस्यमा सीमित रहेको यो ग्रुपले छोटो अवधिमै सवा लाख सदस्यको सीमा पार गर्नु डिजिटल प्लेटफर्ममा यसको बढ्दो प्रभाव र विश्वासको संकेत मानिएको छ । ग्रुपमा सुरुदेखि आबद्ध एक सदस्यका अनुसार, “यति छिटो सदस्य संख्या बढ्नु नेपाली प्रयोगकर्तामा डिजिटल आम्दानीप्रतिको आकर्षण र ग्रुपप्रतिको भरोसाको परिणाम हो ।”

    उनका अनुसार ग्रुपलाई जिम्मेवार रूपमा प्रयोग गर्न सके धेरै प्रयोगकर्ताले वैधानिक डिजिटल आम्दानीको बाटो खोल्न सक्ने सम्भावना छ । साथै उनले परिकल्पनाकार र एडमिन टोलीलाई ग्रुपको दीर्घकालीन उद्देश्य र मर्यादा जोगाएर अघि बढ्न सुझाव दिएका छन् ।

    डिजिटल अर्थतन्त्रतर्फको संकेत

    ‘Facebook Monetize सहकार्य’ जस्ता ग्रुपहरूको सक्रियताले नेपालमा डिजिटल अर्थतन्त्र विस्तार हुँदै गएको स्पष्ट संकेत दिएको छ । सीमित अवसर र रोजगारीका विकल्पबीच सामाजिक सञ्जाललाई आम्दानीसँग जोड्ने यस्ता पहलहरूले भविष्यमा थप सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ