• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंमा वायु गुणस्तर खराब स्थितिमा, नाघ्यो अस्वस्थको तह

    376
    SHARES



    काठमाडौं । काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ ।

    रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १५२ छ । १५१ नाघ्नुलाई अस्वस्थ मानिन्छ ।

    नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

    काठमाडौं समग्रमा संसारकै अस्वस्थ सहरमध्ये ११औं स्थानमा रहेको छ । पहिलो स्थानमा पाकिस्तानको लाहोर र दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । यी दुवै सहरमा वायु प्रदूषणले खतरनाकको तह अर्थात ३१५ नाघेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ