• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भिजिट भिसा प्रकरणमा जोडिएपछि मन्त्रालय तानिए म्याग्दीका सीडीओ तिवारी

    655
    SHARES



    काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका सीडीओ (प्रमुख जिल्ला अधिकारी) बद्रि तिवारी गृह मन्त्रालय तानिएका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारी समेतमाथि अनुसन्धान भइरहेको बताएपछि उनको जिम्मेवारी खोस्दै मन्त्रालय तानिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई गृह मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको हो ।

    तिवारीलाई मन्त्रालय तानेर म्याग्दीको सीडीओको रुपमा रवीन्द्र आचार्यलाई पठाइएको छ । उनी शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव हुन् ।

    तिवारी तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा उनको निजी सचिव भएर काम गरेका थिए । केही दिनअघि मात्रै विशेष अदालतमा दायर भएको भिजिट भिसा प्रकरणमा लेखकसहित तिवारीलगायतका व्यक्तिमाथि पनि छानबिन भएको अख्तियारले बताएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ