• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    साथीले बोकेको बन्दुक पड्किँदा मकवानपुरमा एक जनाको ज्यान गयो

    190
    SHARES



    हेटौंडा । मकवानपुरमा सिकार गर्न जाँदै गर्दा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ ।

    मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकारमा निस्किएका बेला साथीसँग बोकेको भरुवा बन्दुक अचानक पड्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरीका अनुसार राक्सिराङ गाउँपालिका–८ राजराङ्ग निवासी ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक दुर्घटनावश पड्किँदा मनहरी गाउँपालिका–६ बालुभञ्जाङका ५० वर्षीय सेते थिङको घटनास्थलमै मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताएअनुसार दुवै जना आ–आफ्नो भरुवा बन्दुक बोकेर सिकार गर्न जङ्गलमा गएका थिए । सो क्रममा अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि उनको बन्दुक अचानक पड्किएको र पछाडि हिँडिरहेका थिङलाई गोली लाग्दा घटनास्थलमै ज्यान गएको हो ।

    घटनापछि इलाका प्रहरी कार्यालय मनहरी तथा प्रहरी चौकी सुनाचरीबाट खटिएको टोलीले घटनास्थलबाट दुवै हतियार बरामद गर्दै ब्लोनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    मृतकको शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ