• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दुर्गा प्रसाईंका माग सम्बाेधन गर्न सरकारले बनायो समिति, मन्त्री खरेल संयोजक

    1K
    SHARES



    काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले समिति बनाएको छ ।

    आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग वार्ता गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो ।

    महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहने गरी आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले जानकारी दिए ।

    उक्त समितिसँग वार्ता गर्नका लागि महाअभियानबाट पनि ३ जना प्रतिनिधिहरू सिफारिस गरी पठाउन आग्रह गरिएको छ । प्रधानमन्त्री कार्की र महाअभियानका पदाधिकारीबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो । छलफलमा पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ