• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    न्यायाधीश र जाहेरवाला वकिल नाता परेपछि रवि र छवीको मुद्दा ‘हेर्न नमिल्ने’

    836
    SHARES



    काठमाडौं । सहकारी ठगी प्रकरणमा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा बिहीबारका लागि हेर्न नमिल्नेमा परेको छ।

    लामिछाने र उनका साझेदार गोर्खा मिडिया नेट्वर्कका तत्कालीन सञ्चालक एवम् पूर्वडीआईजी छविलाल जोशीको मुद्दा बिहीबारका लागि ‘हेर्न नमिल्नेमा’ परेको हो ।

    उच्च अदालत तुलसीपुरको, बुटवल इजलासका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा यो मुद्दाको पेशी तोकिएको थियो । तर न्यायाधीश विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण मुद्दाको सुनुवाइ स्थगित गरिएको हो ।

    रवि र छवि बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका छन् । दुवैजनाले बिगो बराबरको धरौटी राखेर थुनामुक्त हुन माग गर्दै निवेदन दिइसकेका छन् । लामिछाने र जोशीको मुद्दाको पेशी गत कात्तिक १३ गतेपछि निरन्तर सरिरहेको छ ।

    मुद्दाको छिनोफानो हुने अवस्था आइरहँदा पछिल्लो समय रास्वपा सभापति लामिछानेले नख्खु जेलबाटै मिडिया ट्रायल गरिरहेका छन् । उनलाई भेटन् नेतादेखि पूर्वन्यायाधीशसम्म पुगिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ