• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङको कौडिया पुलबाट खस्यो

    642
    SHARES



    काठमाडौं । डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।

    ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो । सो बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ ।

    दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए । बसमा ३८ जना सवार थिए ।

    बस चालकले पट्टा भाँचिएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ