• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

    1.1K
    SHARES



    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ ।

    राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू भएको र आवश्यकताअनुसार सेना परिचालन हुन बाधा नहुनेछैन बताए ।

    मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृतिका लागि निर्णय गरेर राष्ट्रपतिकहाँ पठाएको थियो । उक्त निर्णयलाई राष्ट्रपतिले बिहीबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि मंसिर ४ गते सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

    नेपालको कानुनमा सुरक्षा परिषद्ले परिस्थिति हेरेर सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिलाई पठाउने व्यवस्था छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ