• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रविन्द्र गोर्खाली

    537
    SHARES



    जीवन सुबेदी,  टोकियो।  नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा नेपाल सन्देश डटकमका प्रधानसम्पादक रबिन्द्र श्रेष्ठ गोर्खाली निर्वाचित भएका छन् । जापानको टोकियोमा आइतबार सम्पन्न महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।

    जम्मा ८६ जना सदस्य रहेको रहेको शाखाको मतदानमा ७७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा श्रेष्ठ ४४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी राजन गौतमले भने ३२ मत प्राप्त गरे । श्रेष्ठ अघिल्लो कार्यसमितिको उपाध्यक्ष र गौतम सचिव हुन् ।

    यसैगरी खुला उपाध्यक्षमा मनिषा चौलागाई निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी गोकर्ण अधिकारीलाई २ मतले पराजित गरिन् । चौलागाईले ३० मत पाउँदा अधिकारीले २८ मत पाएका थिए भने उपाध्यक्षकै प्रतिस्पर्धी विनोद सापकोटाले १९ मत पाएका थिए ।

    यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल विजयी भएकी छन् भन् सचिवमा अर्जुल लामिछाने विजयी भएका छन् । महिला उपाध्यक्षमा पौडेलले ४५ मत पाउँदा सजिना मोक्तानले ३२ मत पाएकी थिइन् । यस्तै सचिवमा अर्जुन लामिछानेले ४५ मत पाए भने विश्वास आचार्यल ३२ मत पाएका थिए ।

    अन्य पदहरुमा भने सर्वसम्मत भएको थियो । नयाँ कार्यसमितिको सहसचिवमा विष्णुप्रसाद सापकोटा र फुर्वा शेर्पा, कोषाध्यक्ष भुलबहादुर राना निशान, सदस्यहरु दिनेश थापा, दुर्गाप्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी, विनोद ढकाल सर्वसम्मत चयन भएका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ