• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ‘बाँस भवन डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत, दुई तलेसम्म घर बनाउन बाटो खुल्यो

    509
    SHARES



    काठमाडौं । सरकारले पहिलोपटक बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा वैधानिक मान्यता दिँदै ‘बाँस भवन डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत गरेको छ।

    उर्जा, सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मार्गदर्शन अनुमोदन गरेसँगै अब बाँस प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना उद्योग तथा व्यावसायिक भवन बनाउन सकिने भएको छ।

    स्टील–कंक्रिट आधारित निर्माण महँगो र पर्यावरणमैत्री नदेखिएको अवस्थामा स्थानीय रूपमा सजिलै उपलब्ध बाँसलाई किफायती र दिगो विकल्पका रूपमा प्रवर्द्धन गर्न मार्गदर्शनले जोड दिएको छ।

    मार्गदर्शनमा बाँसको कटानीदेखि ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगसम्मका मापदण्ड स्पष्ट छन्। भूकम्प–सुरक्षा, वातावरणमैत्री प्रविधि र सरल डिजाइनसहित नमुना नक्सा पनि समावेश गरिएको छ।

    शहरी विकास मन्त्रालयले तयार पारेको यो मार्गदर्शन स्थानीय तहमा कार्यान्वयनका लागि परिपत्र गरिने भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ