• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एमालेको कार्यक्रमका कारण प्रदर्शनीमार्गमा सवारी डाइभर्सन

    1K
    SHARES



    काठमाडौँ । नेकपा एमालेले भृकुटीमण्डपमा शनिबार बृहत् जनसभा आयोजना गरेको छ।

    प्रदर्शनीमार्गमा बागमती प्रदेश कमिटीले कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रमका कारण काठमाडौंको प्रदर्शनीमार्ग हुँदै सञ्चालन हुने सवारी साधन डाइभर्सन गरिएको छ।

    उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदय मोड र सभागृह मोडबाट डाइभर्सन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए।

    त्यस्तै, टुँडिखेल वरिपरि र्‍याली भइरहेकाले त्यहाँ चल्ने सवारी साधनको आवागमनमा केही प्रभाव पर्नसक्ने भएकाले सहज यात्राका लागि उक्त सडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न अनुरोध गरिएको छ।

    ट्राफिक प्रहरीका अनुसार भीड व्यवस्थापन, सुरक्षा तथा सहज आवागमनका लागि अस्थायी रूपमा मार्ग परिवर्तन गरिएको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ