• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जेनजी आन्दोलनपछि थपिए ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता

    160
    SHARES



    काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् ।

    निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला तीन लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् ।

    आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९ १४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ ।

    यसअघि १६ कात्तिकसम्म एक करोड ८१ लाख ६८ हजार २३० मतदाता थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ