• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पाथीभरा क्षेत्रमा यस वर्षको पहिलो हिमपात

    1K
    SHARES



    ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक गन्तव्य पाथीभरा मन्दिर क्षेत्रमा यस वर्षको पहिलो हिमपात भएको छ। शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझदेखि हिउँ पर्न सुरु भएको र रातभर निरन्तर हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

    हल्का हिमपातसँगै पाथीभरा क्षेत्रको तापक्रम घटेको छ। चिसो बढेसँगै समितिले तीर्थयात्रीलाई जाडोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    हिमपातका कारण आवतजावतमा सामान्य प्रभाव परेको बताइए पनि पाथीभरा पुगेका भक्तजनले बिहानैदेखि दर्शनसँगै हिउँ खेलेर आनन्द लिएका छन्। मन्दिर क्षेत्रमा भक्तजनको भीड बढेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ