• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखराको दोस्रो हार

    625
    SHARES



    काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको पाँचौं दिनको खेलमा पोखरालाई १८ रनले पराजित गरेको हो ।

    सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

    पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतक बनाउँदा पनि हार टार्न सकेन । जिमी नीशमले ४५ रन तथा डान डौथवेटले अन्त्यतिर विस्फोटक ३७ रन बनाएपनि पर्याप्त हुन सकेन ।

    पोखराले पावरप्लेमा रनगति बढाउन नसक्दा पराजित हुन पुग्यो । २०-३ को अवस्थाबाट भुर्तेल र नीशमले ७० रनको साझेदारी गरेका थिए । सुदूरका लागि हर्मीत सिंहले २ विकेट लिँदा स्कट कुग्लेइन, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, हेमन्त धामी नरेन साउद र अविनाश बोहराले १-१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो ।

    एक समय १५ ओभरमा १६०-२ को अवस्थामा‌ भएर २०० भन्दा माथि रन बनाउने संकेत गरेको सुदूरको फिनिसिङ राम्रो हुन सकेन । अन्तिम ५ ओरनमा ३३ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

    सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।

    पोखराका जिमी नीशमले ३ विकेट लिँदा डान डौथवेट र आकाश चन्दले २-२ विकेट लिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ