काठमाडौँ । माइतीघर मण्डलामा गत कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सिंहले १० दिनसम्म चलेको अनसन तोडेका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीसहित जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने लगायतका ४ बुँदे माग राख्दै सिंह अनशनमा बसेका थिए ।
गृह मन्त्रालयको उपसचिव रविन्द्र आचार्य र स्वकीय सचिव धिरज जोशीको उपस्थितिमा सरकारले माग सम्बोधन गरिदिने प्रतिबद्धता पत्र लिएर आए पश्चात् देशको वर्तमान अवस्था लाई मध्य नजर गर्दै अनशन तोडेको सिंहले बताए ।

प्रतिक्रिया