• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदले पेस गरेको रिटमा आज पेसी

    301
    SHARES



    काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।

    मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

    संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध सांसदहरुले सर्वोच्चमा रिट दायर गरेका हुन् । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन् ।

    यसअघि अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।

    रकी प्रसाद साहसमेतले सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ