काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच आगामी १२० दिनभित्र लिग फुटबल आयोजना गर्ने सहमति भएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग मंगलबार भएको छलफलमा एन्फा पदाधिकारी र ‘ए’ डिभिजन लिग क्लबका प्रतिनिधिबिच उक्त सहमति जुटेको हो ।
सहमतिअनुसार एन्फा र क्लबहरूले अबको १२० दिनभित्र लिगका लागि आवश्यक तयारी गर्नेछन् । यदि क्लबहरूले चाहेमा तोकिएको समयभन्दा अगावै पनि लिग आयोजना गर्न एन्फा तयार रहेको जनाएको छ ।
यसअघि नेपाल फुटबल खेलाडी संघले पनि तोकिएको मितिभित्र अनिवार्य रूपमा लिग फुटबल हुनुपर्ने अडान राखेको थियो ।
प्रतिक्रिया