• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंमा दुई ठाउँबाट लागूऔषधसहित पाँच जना पक्राउ

    1.2K
    SHARES



    काठमाडौं । राजधानीका विभिन्न स्थानबाट प्रहरीले पाँच जना युवालाई लागूऔषधसहित पक्राउ गरेको छ।

    गोकर्णेश्वर नगरपालिका–८ बेशीगाउँबाट २१ वर्षीय पेम्बा तामाङलाई पक्राउ गरिएको नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले जनाएको छ।

    सिन्धुलीको रानीचुरी गाउँपालिका–३ घर भई बेशीगाउँमा बस्दै आएका तामाङको कोठाबाट फेनारगन, डाइजापाम र नोरफिन गरी १६२ पिस (एम्पुल) लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
    तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धको नियन्त्रणमा राखिएको छ।

    त्यसैगरी, काठमाडौंको टोखा नगरपालिका–९ गोंगबुबाट पनि चार जना युवा पक्राउ परेका छन्।
    गोंगबुको दीपज्योतिमा टिनको छाप्रोमा बस्दै आएका सुजल विश्वकर्माको डेराबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा सुजल विश्वकर्मा (२८), निरज लामा (३२), बिदुर याङ्बो (३१) र रोमन राई (१९) रहेका छन्।
    प्रहरीले उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान थालेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ