• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तिलिचो बेस क्याम्पमा फसेका ११ आन्तरिक पर्यटकको सफल उद्धार

    315
    SHARES



    काठमाडौँ । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ।

    सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट पाएका व्यक्ति, एकजना नौ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका पर्यटकहरू रहेका छन्। उनका अनुसार सबैको अक्सिजन स्तर कम रहेको थियो।

    थापाले बताएअनुसार उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै नौ घण्टाको जोखिमपूर्ण यात्रापछि सम्पन्न गरिएको हो। पर्वतीय उद्धार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा खटिएको मेडिकल तथा माउन्टेन रेस्क्यू टिमले विशेष उपकरण र माउन्टेन रेस्क्यू गियर प्रयोग गरी उद्धार कार्य सम्पन्न गरेको हो।

    उद्धारपछि सबै पर्यटकहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सशस्त्र प्रहरीले जनाएको छ कि यो आर्थिक वर्षमा पर्वतीय उद्धार तालिम शिक्षालयमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू’ तालिम सञ्चालन गरिएको थियो।

    सो तालिमका क्रममा प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले अघिल्लो असोज महिनाको अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए। थापाका अनुसार सो तालिम र अनुभवले सशस्त्र प्रहरी बलको माउन्टेन रेस्क्यू क्षमतामा उल्लेखनीय सुधार गरेको छ र भविष्यमा यस्ता घटनामा अझ प्रभावकारी रूपमा उद्धार कार्य गर्न सक्षम बनाएको छ।

    सशस्त्र प्रहरी बलले आगामी दिनमा उच्च हिमाली क्षेत्रका पर्यटकहरूको सुरक्षा र उद्धार क्षमतालाई थप सुदृढ बनाउन यस्ता तालिम र अभ्यासहरूलाई निरन्तरता दिने जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ