• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रोल्पामा जिप दुर्घटना : चालकको मृत्यु, तीन जना घाइते

    374
    SHARES



    काठमाडौँ। रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ धुलेओडारमा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान चापागाईंका अनुसार, लु २ च ८०१५ नम्बरको जिप गएराति पौने १० बजे सडकबाट खसेर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी ३२ वर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको छ। अन्य घाइतेहरूलाई मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको छ।

    घाइतेहरूमा लुंग्री गाउँपालिका–७ का ४० वर्षीय खिमबहादुर पुन, लुंग्री–४ सालडाडाँकी २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी रहेका छन्। तीनैजनाको स्वास्थ्य अवस्था जटिल रहेको प्रहरीले जनाएको छ।

    पहाडी सडकका जोखिम र जिप/सवारी साधनको असावधानीका कारण दुर्घटना बढ्दै गएका छन्। स्थानीय प्रशासनले सडक सुधार, सुरक्षा संकेत र चालकको सचेतनामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ