• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु र चार जना घाइते

    472
    SHARES



    बैतडी)। बैतडीको मेलौली नगरपालिका–७ स्वाखानीमा बुधबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। शिवनाथबाट मेलौलीतर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप स्वाखानी पुग्ने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा बिहान केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए।

    घाइते हुनेमा दशरथचन्द नगरपालिका–७ का ३४ वर्षीय जनक बडू, मेलौली–२ का ४३ वर्षीय डम्बरदत्त पाण्डे, ३४ वर्षीय हरिश पाण्डे र २८ वर्षीय ओम पाण्डे रहेका छन्। घाइते चारै जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ