• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गोलढुंगामा धारिलो हतियार देखाएर लुटपाट, दुई युवक पक्राउ

    672
    SHARES



    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेट नजिक बुधबार राति एक युवकलाई धम्क्याएर लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्। दुवै जना हाल काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका थिए।

    प्रहरीका अनुसार उनीहरू बा ४२ प ४०६९ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका थिए। राति करिब ११ बजे ती दुई जनाले धारिलो हतियार देखाएर एक युवकको ब्याग लुटेका थिए।

    घटनापछि तत्काल खटिएको प्रहरी टोलीले उनीहरूलाई मोटरसाइकल र लुटिएको ब्यागसहित नियन्त्रणमा लिन सफल भएको थियो। लुटिएको ब्यागभित्र केही नगद, ‘Rolex’ लेखिएको घडी, र अन्य व्यक्तिगत सामग्री फेला परेको प्रहरीले जनाएको छ।

    पक्राउ परेकाको साथबाट खुकुरी र ट्रामाडोल नामक लागुऔषध पनि बरामद गरिएको छ। हाल उनीहरूलाई प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ