• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गृहमन्त्री अर्याल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता, के-के भयो कुराकानी ?

    752
    SHARES



    काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले बुधबार सिंहदरबारमा भेटवार्ता गरेका छन्। गृहमन्त्री अर्यालको सचिवालयका अनुसार सो भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र समसामयिक विषयहरूबारे व्यापक छलफल भएको थियो।

    भेटका क्रममा राजदूत थम्पसनले मुलुकभर शान्ति र सुरक्षा कायम गर्न गृह मन्त्रालय, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गरेका थिए। उनले नेपालमा स्थायित्व र सुशासनका प्रयासमा अमेरिकाको निरन्तर सहयोग रहने प्रतिवद्धता पनि जनाएका थिए।

    जवाफमा मन्त्री अर्यालले देशको सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहेको उल्लेख गर्दै शान्ति र कानूनको शासन स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताए। साथै, अमेरिकी राजदूतले एमसीसी परियोजनाको प्रगति र कार्यान्वयन अवस्थाप्रति चासो व्यक्त गरेका थिए भने मन्त्री अर्यालले निर्वाचन आयोगसँग सुरक्षा आवश्यकताका विषयमा निरन्तर परामर्श भइरहेको जानकारी दिएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ