पाल्पा । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ पीपलभञ्ज्याङमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतकहरूको परिचय हालसम्म खुल्न बाँकी छ ।
स्थानीयका अनुसार उक्त ईभी भ्यान आज बिहान बुटवलबाट छहरा मेहलढापतर्फ जाँदै थियो । बिहान करिब १० बजे छहरा बजारबाट मेहलढापतर्फ लागेको भ्यान करिब साढे १० बजे दुर्घटनामा परेको बताइएको छ । तर, घटनाको जानकारी प्रहरीलाई साढे १ बजे मात्र प्राप्त भएको स्थानीय ईश्वर ज्ञवालीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी कमल प्रधानका अनुसार उक्त ईभी भ्यानमा चालकसहित ३ जना सवार थिए । उनीहरूलाई घटनास्थलबाट उद्धार गरी अस्पतालतर्फ पठाइएको थियो, तर उपचारका क्रममा तीनै जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।
प्रहरी टोली अहिले घटनास्थलमा थप अनुसन्धान र मृतकहरूको सनाखत कार्यमा जुटेको छ ।
प्रतिक्रिया