• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गुल्मीमा ट्याक्टर दुर्घटना, सहचालकको घटनास्थलमै मृत्यु

    1K
    SHARES



    गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका–१ कचुरखर्कमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार, मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरी वडा कार्यालयतर्फ आउँदै गरेको रा१त ३५०२ नम्बरको ट्याक्टर शनिबार राति दुर्घटनामा परेको हो।

    दुर्घटनामा ट्याक्टरका सहचालक १९ वर्षीय मेघराज पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। उनी सडकबाट करिब ५०० मिटर तल खसेका थिए र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार उकालो बाटोमा लोड तान्न नसकी ट्याक्टर ब्याक भएर दुर्घटना भएको प्रहरीले बताएको छ।

    यस घटनापछि ट्याक्टर चालक २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट बाँझकटेरीबाट प्रहरी सहायक निरीक्षक छन्द्रविक्रम आचार्यको कमाण्डमा टोली खटिएको थियो।

    प्रहरीले मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ