• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    जेन–जी आन्दोलनका क्रममा साँखु प्रहरी प्रभागमा आगजनी गर्ने दुई जना पक्राउ

    826
    SHARES



    काठमाडौं । जेन–जी आन्दोलनका क्रममा साँखु प्रहरी प्रभागमा आगजनी र प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–३ का ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका–३ का ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन्। दुवैजना हाल शंखरापुर नगरपालिका–७ बस्दै आएका थिए।

    साँखु प्रहरी प्रभागका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ। यसैबीच, जेन–जी आन्दोलनकै क्रममा लुटपाट भएको हतकडी र त्यसको चाबी सहित एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्ने व्यक्ति झापाको दमक नगरपालिका–२ घर भई हाल बालाजु बस्ने २९ वर्षीय साजन श्रेष्ठ हुन्। प्रहरीले श्रेष्ठलाई कात्तिक ८ गते बेलुकी करिब ७ बजे, गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकाबाट नियन्त्रणमा लिएको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ