• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    परिवारलाई जिम्मा लगाइयो इजरायलमा मारिएका विपिन जोशीको शव

    1.7K
    SHARES



    काठमाडौँ । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर सोमबार साँझ उनको परिवारलाई बुझाइएको छ। विपिनको शव धनगढी विमानस्थलमा नेपाली सेनाको टोलीले राजकीय सम्मानका साथ परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो। शव दाजु किशोर जोशीसहितका आफन्तले बुझेका हुन्। परिवारका अनुसार विपिनको अन्त्येष्टि महाकाली घाटमा गरिनेछ।

    विपिनको शव आजै दिउँसो नेपाल ल्याइएको थियो। शवलाई कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित घरमा पुर्‍याइएको र त्यहीं अन्तिम संस्कार गरिने बताइएको छ। अध्ययनका क्रममा इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका बेला बन्धक बनाइएका थिए।

    लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए। इजरायल–हमासबीच भएको युद्धविराम र बन्दी साटासाटका क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

    त्यसपछि गरिएको डीएनए परीक्षण र फरेन्सिक रिपोर्टले शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्। नेपाल ल्याउनुअघि आइतबार तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरियन विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो। शव रहेको कफिनमा नेपाली राष्ट्रिय झण्डा ओढाइएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ