कैलाली। कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आइतबार लम्कीचुवा नगरपालिकास्थित धोबेनी खोलामा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको डीएसपी टेकबहादुर जोराले जानकारी दिए। घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार ट्याक्टर अनियन्त्रित भई सडकबाट खोलामा खस्दा दुर्घटना भएको हो।
प्रतिक्रिया