काठमाडौँ। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेर प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो।
यसअघि शुक्रबार सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुग्दै प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो। दुई दिनको अन्तरालमै आएको यस गिरावटले सुन खरिद–बिक्री गर्ने बजारमा सामान्य सन्तुलन ल्याएको व्यवसायीहरू बताउँछन्।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा ३ हजार २७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबूती र आर्थिक अनिश्चिततासँगै सुनको मूल्यमा अस्थिरता देखिएको छ।
प्रतिक्रिया