काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।
केही दिनअघि सुवेदीले एक अन्तर्वार्तामा प्रचण्डको निवासबाट घर जल्नुअघि दुई दिनअघि दुईवटा ट्रकमार्फत करिब दुई करोड रुपैयाँ लुकाइएको आरोप लगाएका थिए।
उक्त अभिव्यक्तिलाई असत्य, भ्रमपूर्ण र चरित्रहत्या गर्ने उद्देश्यले गरिएको भन्दै प्रचण्डका मुख्य स्वकीय सचिव गोविन्द आचार्यले उजुरी दर्ता गराएको बताइएको छ।
संयोजकको सचिवालयका तर्फबाट आइतबार साइबर ब्युरोमा दर्ता गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएको यस्तो गलत प्रचार साइबर कानुन विपरीत भएकाले आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको उल्लेख छ।
प्रतिक्रिया