• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रौतहटमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु

    520
    SHARES



    रौतहट । रौतहटको गौर नगरपालिकामा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। गौर–१ स्थित नेपाल–भारत सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ निवासी १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    सात जनाको समूह घाँस लिन गौरतर्फ जाँदै गर्दा उनीहरू बाढीको पानीमा डुबेका थिए। स्थानीयवासीको सहयोगमा चार जनालाई ज्यान जोगाइएको छ भने तीन जनाको शव पानीबाट निकालिएको हो।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजीकार्य सञ्चालन गर्दा ती तीन बालिकाको शव भेटिएको बताइएको छ। मृतकहरूको शव प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ