• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कर्पोरेट विजनेश

    सेयर बजारमा भारी गिरावट, बढ्यो कारोबार

    606
    SHARES



    काठमाडौं। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घट्दै २५०३ अंकमा झरेको छ। बजारमा ठूलो गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ।

    दिउँसो १:०८ बजेतिर नेप्से परिसूचक २४९३ अंकसम्म झरेको थियो, जुन आजको कारोबार अवधिको न्यूनतम स्तर हो। अघिल्लो दिन बिहीबार ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज आइतबार कारोबार रकम ६ अर्ब ७० करोड रुपैयाँमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ।

    आजका कारोबारमा ९ कम्पनीको मूल्य बढ्दा २४२ कम्पनीको मूल्य घटेको छ। सबै क्षेत्रका सूचकहरूमा गिरावट देखिएको छ। सबैभन्दा बढी होटल तथा पर्यटन समूह ४.८४ प्रतिशतले घटेको छ। त्यसपछि अन्य समूह ४.७९ प्रतिशतले घट्यो।

    त्यस्तै, बैंकिङ २.३० प्रतिशत, विकास बैंक २.९३ प्रतिशत, फाइनान्स ३.६७ प्रतिशत, हाइड्रोपावर ३.७९ प्रतिशत, लगानी ३.१३ प्रतिशत, जीवन बीमा २.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन १.९४ प्रतिशत, माइक्रोफाइनान्स २.८८ प्रतिशत, निर्जीवन बीमा २.३२ प्रतिशत र व्यापार समूह २.८५ प्रतिशतले घटेका छन्।

    बढ्ने कम्पनीहरूमा नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ६.०१% ले, पञ्चकन्या माई हाइड्रोपावरको ४.९०% ले र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९% ले बढ्यो।

    त्यसबेला घट्ने कम्पनीहरूमा बुटवल पावर सबैभन्दा अगाडि रह्यो, जसको मूल्य ९.२७ प्रतिशतले घट्यो, त्यस्तै, नेपाल पुनर्बीमा ९.१५ प्रतिशत, राधि विद्युत ८.५० प्रतिशत, सीईडीबी होल्डिङ्स ८.४५ प्रतिशत र विन्ध्यबासिनी हाइड्रोपावर ८.२७ प्रतिशतले घटे।

    आज धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङ्स अगाडि रहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ