• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    माटोको ढिस्कोमा पुरिएर बारामा २ जनाको मृत्यु, ४ जना गम्भीर घाइते

    634
    SHARES



    जनकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकामा तिहारको तयारीका क्रममा माटो खन्ने क्रममा ढिस्कोमा पुरिँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। घटना सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ शुक्रबार दिउँसो भएको हो।

    तिहारमा घर–आँगन र मन्दिर सजाउन प्रयोग हुने माटो निकाल्ने क्रममा अचानक जमिन खस्दा उनीहरू पुरिएका थिए। घाइते चार जनालाई तत्कालै स्थानीयको सहयोगमा उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

    प्रहरीले घटनास्थलमा पुगेर थप विवरण संकलन गरिरहेको जनाएको छ। मृतक र घाइतेहरूको परिचय अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार घटनाको विस्तृत विवरण र घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको छ।

    स्थानीयवासीहरूले भने तिहारको तयारीकै क्रममा यस्तो दुःखद घटना घटेको भन्दै चिन्ता र दु:ख व्यक्त गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ